(१) प्रमुख सूचना आयुक्त वा सूचना आयुक्तलाई आफ्नो ओहदा
सम्बन्धी काममा नेपाल भित्र भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिईनेछः–
(क) दैनिक भत्ता :–.पाँच सय रुपैया
(ख) भ्रमण भत्ता :–
(१) उपनियम (१) बमोजिम भ्रमणमा जाँदा बास बस्नु परेमा
प्रत्येक रातको लागि प्रमुख सूचना आयुक्त र सूचना
आयुक्तलाई एक हजार दुईसय रुपैयामा नबढ्ने गरी
एकपटकमा बढीमा सात दिनको करको प्रयोजनको लागि
दर्ता भएको होटल बील बमोजिमको होटल खर्च दिईनेछ ।
(२) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले दुर्गम क्षेत्रका कुनै
जिल्लामा भ्रमण गरेवापत प्रचलित कानून बमोजिम थप
भ्रमण भत्ता पाउने भए सो समेत पाउनेछ ।
(२) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तलाई आफ्नो ओहदा सम्बन्धी काममा वा
नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव,सम्मेलन इत्यादिमा भाग लिन नेपाल
बाहिर भ्रमण गर्दा १७५ अमेरिकी डलर दैनिक तथा भ्रमण भत्ता दिईनेछ ।
तर भारतको चेन्नाई, हैदरावाद, बैङ्गलोर, मुम्बई, दिल्ली, कोलकत्ता र बङ्गलादेशको
ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात विताउनु पर्दा सो दरको पचास प्रतिशत रकम
मात्र दिईनेछ ।
(३) उपनियम (२) बमोजिम नेपाल बाहिर भ्रमण गर्दा यस नियमावली बमोजिम
दैनिक भत्ता पाउनेमा प्रस्थान गरेको दिनको पूरै र भ्रमणबाट फर्केको दिनको हकमा सो
दिनभन्दा अघिल्लो दिनको लागि पाउने दैनिक भत्ताको आधा रकम मात्र दिइनेछ ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै समारोह, उत्सव वा
सम्मेलनमा भाग लिन जाने प्रमुख सूचना आयुक्त वा सूचना आयुक्तको सम्पूर्ण खर्च कुनै
विदेशी सरकार वा संघ संस्थाले व्यहोर्ने भएमा निजले दैनिक पच्चीस अमेरिकी डलर रकम
पकेट खर्च वापत पाउनेछ ।